ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडा र कैलाशमा एमसीसीको विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहण गरिंदै


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   १ : ३५   बजे

काठमाडौं, २५ माघ ।  अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए(नेपालद्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसीए(नेपाल०ले मकवानपुरको साबिक नामटार, कालिकाटार ९हाल कैलाश गाउँपालिका०, हेटौंडा(३ र हेटौंडा(११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको हो ।

घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ ।

साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा(११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।

२१ दिने सूचना प्रकाशन गरी मुआब्जा तथा क्षतिपूर्तिका लागि निबेदन माग गरिएको हो । सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरु रोक्ने हुने प्रशासनले जानकारी दिएको छ ।

प्रशासनले जग्गा रोक्का हुनेहुँदा अधिग्रहण हुने क्षेत्रमा कुनै पनि संरचना थप्ने काम नगर्न पनि अनुरोध गरेको छ ।

प्रसारण लाइनको टावर निर्माण गर्ने प्रयोजनका लागि हेटौंडा(११ मा कृष्णप्रसाद सुबेदी, राममणि ढुंगाना र प्रमोदसिंह रानाभाटको जग्गा अधिग्रहरणमा परेको छ ।

साबिक नामटारमा कृष्णबहादुर नेगीको जग्गामा टावर राखिने जनाइएको छ । साबिक कालिकाटार र बसामाडीमा पनि २र२ जनाको जग्गा अधिग्रहणमा परेको प्रशासनले जनाएको छ ।

अधिग्रहणमा परेको जग्गामा निर्माण भएका घरटहरा, अन्य संरचना, रुख बिरुवाको मुआब्जाका लागि निबेदन माग गरिएको हो ।

३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन अन्तर्गत हेटौंडा(११ थानाभर्‍याङमा ४०० केभी क्षमताको ‘इण्डोर ग्यास इन्सुलेटेड सब(स्टेसन’ निर्माण गरिएको छ ।

एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब(स्टेसन, तनहुँमा नयाँ दमौली सब(स्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सब(स्टेसन निर्माण गरिनेछ ।

आयोजनाअन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुरको हेटौंडा(११ थानाभर्‍याङ सब(स्टेसनमा जोडिनेछ ।

झन्डै तीन हजार मेगावाट भन्दा बढी ९विद्युत० बोक्ने ४०० किलो भोल्टको हाइ क्यापासीटी ९प्रसारण० लाइन हो । यो काठमाडौंको उत्तरपूर्व लप्सीफेदीदेखि नुवाकोटको रातमाटे सब(स्टेसनसम्म र त्यहाँबाट दुईवटा लाइन एउटा हेटौंडा जान्छ भने अर्को दमौली जाने एमसिए नेपालले आफ्नो वेवसाइटमा जनाइएको छ ।

‘दमौलीबाट ८० किलोमिटर दक्षिणतर्फ गएर नवलपरासीस्थित नयाँ बुटवल सब(स्टेसनमा पुग्छ र २२ किलोमिटर अझै दक्षिण हुँदै भारतसँगको सीमामा पुग्छ’, यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड(सर्किट टावरसहित० हुनेछ ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब(स्टेशन (जीआईएस० निर्माण गरिनेछ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब(स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब(स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब(स्टेशन निर्माण गरिनेछ ।

निर्माणाधीन प्रसारण लाइन काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुरको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब(स्टेशनहरुमा पनि जोडिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group