ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाविरूद्ध नेपालको रोमाञ्‍चक जित


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   ४ : ४२   बजे

काठमाडौं २५ माघ ।  क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरूद्ध रोमाञ्‍चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो। योसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। क्यानडाका लागि निकोलश किर्तोनले ६८ र पर्गत सिंहले ५० रन बनाए।

नेपालका लागि भने कप्तान रोहित कुमार पौडेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सराफ र कुशल मल्लले १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर २२४ रनमा अलआउट भयो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ६२ रन बनाए। तथापि, जितको लागि पर्याप्त भने हुन सकेन।

आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सराफले १५ रन बनाए। सूर्य तामाङ भने १० रनमा अविजित रहे। ललित राजवंशी १ रनमा आउट भए।

कप्तान रोहित पौडेल र आसिफ शेख ८–८ रनमा आउट भए। रिजन ढकाल ४ रनमा आउट भए।

क्यानडाका लागि उदय भागवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ तथा शाहिद अहमदजाई र हर्श ठकेरले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group