ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बासबारी जग्गा प्रकरण: अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी जग्गा फिर्ता गर्ने प्रक्रिया शुरु


एबीसी न्यूज
२६ माघ २०८०, शुक्रबार   ८ : ५३   बजे

काठमाडौ २६ माघ । बासबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनमा गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीले बयानका क्रममा जग्गा फिर्ता दिन तयार रहेको बताएकपछि उक्त १० रोपनी जग्गा फिर्ता ल्याएर व्यवसायी अरुण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी प्रक्रिया थालेको छ ।भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बाँसबारीको १० रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउन च्याम्पियन फुटवेयरका नाममा २१ दिने सूचना जारी गरेको छ ।

अहिले चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई २१ दिनभित्र आफैँ वा वारेसमार्फत् उपस्थित हुन मालपोत कार्यालयले पत्र काटेको हो ।चाँदबाग सिजी होल्डिङ्सअन्तर्गत सञ्चालित कम्पनी हो । यसका अध्यक्ष अरुण चौधरी, चाँदबागका अध्यक्ष ठाकुर र बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कीर्ते र ठगीमा अनुसन्धान गरिरहेको बेला मालपोतले जग्गा फिर्ता ल्याउने प्रक्रिया थालेको हो । मालपोतले प्रतिवादीलाई २१ दिनभित्र उपस्थित नभए कानुनअनुसार जग्गा सरकारका नाममा ल्याउन स्वतः प्रक्रिया अघि बढ्ने जनाएको छ ।सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरिरहँदा सरकारले भने जग्गा फिर्ता गराएर मुद्दा कमजोर बनाउने र उन्मुक्ति दिने तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu