ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारको ताकेतापछि मन्त्री बस्नेत र पूर्वमन्त्री कार्कीले दिए बयान


एबीसी न्यूज
२६ माघ २०८०, शुक्रबार   १ : ५७   बजे

काठमाडौं, २६ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बारम्बारको ताकेतापछि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बयान दिएका छन्।

राष्ट्रिय सभाको निर्वाचनअघि नै अख्तियारले उनीहरूलाई बोलाएको भए पनि बिहीबार मात्र बयानका लागि उपस्थित भएका थिए। यसअघि कहिले पार्टीको काम त कहिले राष्ट्रिय सभाको चुनावमा व्यस्तता देखाउँदै उनीहरूले अख्तियारमा बयानका लागि उपस्थित हुन मानेका थिएनन्।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिसम्बन्धी उपकरण खरिद गर्दा भएको अनियमिततामा अख्तियारले छानबिन गरिरहेको छ। बस्नेत र कार्की सञ्चारमन्त्री छँदा खरिदको काम भएको थियो।

दुवै नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। उनीहरू कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि मानिन्छन्। देउवा प्रधानमन्त्री छँदा नै उनीहरू सञ्चारमन्त्रीको जिम्मेवारीमा थिए। बस्नेत २०७४ मा र कार्की २०७८ मा सञ्चारमन्त्री भएका हुन्।

बुझ्नुपर्ने सबै व्यक्तिसँगको बयान सकिएकाले अब अनुसन्धान प्रतिवेदन तयार हुने र त्यसपछि मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गरिने अख्तियार स्रोतले बताएको छ।

सवा ३ अर्बको बजेट अनुमान गरी अघि बढाइएको यस प्रक्रियामा करिब ५३ करोड रूपैयाँ भुक्तानी भइसकेको छ। यस प्रकरणको छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव एवं हालका मुख्यसचिव वैकुण्ठ अर्याल, हाल राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त एवं पूर्वसचिव महेन्द्रबादुर गुरुङलगायतसँग पनि अख्तियारले बयान लिइसकेको छ।

यस्तै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले पनि बयान दिइसकेका छन्। यसै क्रममा खनालले पदबाटै राजीनामा दिएका हुन्।

विदेशबाट आउने फोन नियमन र अवैध कलबाइपासबाट हुने राजस्व छली नियन्त्रण गर्ने भन्दै सरकारले विवादास्पद टेरामक्स प्रविधि खरिदको प्रक्रिया अघि बढाएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group