ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा चार महिनापछि सरकारलाई पूर्णता : चार मन्त्री र दुई राज्यमन्त्री थप


एबीसी न्यूज
२६ माघ २०८०, शुक्रबार   ८ : १४   बजे

विराटनगर, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे । त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।

पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।

माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २९१० बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।

माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।

नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।

कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २९२० बाट निर्वाचित हुन् । डाक्टर शेखर कोइराला समूहका उनी पनि थापा नेतृत्वको सरकारमा केहि दिन विनाविभागीय मन्त्री बनेका थिए ।

कोइराला पक्षकै सांसद इन्दिरा थापा र सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्तारुढ गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थिए । तर कांग्रेस भित्र कोइराला समूहका ८ सांसदले विद्रोह गरे । एमालेको समर्थनमा २७ असोजमा कार्की मुख्यमन्त्री बने । २८ असोजमा एमालेका राम रानालाई र कांग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री बनेपछि १८ कात्तिकमा एमाले सरकारबाट बाहिरिएको थियो ।

पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै मुख्यमन्त्री बनाउन साथ दिएका दुई सांसदलाई कार्कीले मन्त्री र दुईलाई राज्यमन्त्री बनाएका छन् । यसअघि कोइराला समूहबाट शम्शेर राई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री राईसँगै माओवादी केन्द्रबाट गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

सरकार विस्तार भएपछि मन्त्रीपरिषद् सदस्यको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group