ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहरबासी र मध्यम वर्गसँग माओवादी अझै जोडिन सकेन -जनार्दन शर्मा


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ३ : ४५   बजे

काठमाडौ २८ माघ । नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरबासी र मध्यम वर्गसँग जोडिन नसकेको बताएका छन्।

आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उपमहासचिव शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको पनि बताएका छन्।

रिपोर्टिङका क्रममा शर्माले तीन महिने अभियानका क्रममा बागमतीका १३ वटा जिल्लामा पार्टी केही सुदृढ भएको पनि जानकारी दिए।

तर, बागमतीका खासगरी उपत्यकाभित्र अझै पनि माओवादी छिर्न नसकेको निष्कर्ष उनले बैठकमा सुनाएको एक नेताले  बताए।

‘बागमती प्रदेशको सांस्कृतिक र सामाजिक संरचनाका आधारमा माओवादी काठमाडौंमा जोडिनुपर्यो। संघ(संस्थासँग जोडिएर जनतामाझ पुग्नुपर्यो’, उनले भने, ‘मध्यम वर्ग, सहरबासी र सुकुम्बासीहरूसँग जोडिएमा पार्टी बन्छ।’

शर्माले करिब बहुमतनजिकको ०६४ सालको उभारलाई जोगाउन नसक्दा माओवादीले जनमत गुमाउन पुगेको पनि सुनाए।

‘०६४ को निर्वाचनको उभारलाई हामीले जोगाउन सकेनौँ, क्यास गर्न सकेनौँ’, उनले भने, ‘पशुपति मन्दिर लगायतका घटनाहरूका कारण पनि समस्या भयो। अर्कातिर नेवार समुदायका चाडपर्वलाई पनि हामीले ख्याल गरेनौँ। पशुपति लगायतका घटनाले हामीलाई धक्का दियो।’

शर्माले सशस्त्र संघर्षका क्रममा पार्टीबाटै गाउँदेखि लखेटिएकाहरूले सहरी मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेलेको पनि बताए।

‘गाउँ छाडेर सहर पसेकाहरू, संघर्षका क्रममा लखेटिएकाहरूले पनि माओवादीप्रति सहरिया मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेले’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group