ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ– खेलकुद मन्त्री लिम्बु


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ८ : ०८   बजे

काठमाडौं, २८ माघ ।  युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउदै आगामी बजेटमा खेलकुद मन्त्रालयको बजेट उलेख्य रुपमा बृद्धि गर्न पहल गरिरहेको बताएका छन् ।  आइतवार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित २०७९ साल फागुन १२ देखि १८ सम्म युएईमा आयोजना भएको ICC U-19 Men’s CWC-Asia Qualifier मा बिजेता बनेको नेपाली अण्डर १९ क्रिकेट टोली र एशियन बक्सिङ कन्फडेरेशनको आयोजनामा थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न ASBC U-22 Asian Men & Women’s Boxing Championship मा पदक जितेका खेलाडी तथा प्रशिक्षकहरुलाई पुर्व घोषित नगद पुरस्कार हस्तान्तरण गर्दै मन्त्री लिम्बूले उक्त कुरा बताएका हुन । उनले प्रक्रियागत समस्याका कारण बिजयी खेलाडीहरुलाई सरकारबाट घोषित नगद पुरस्कार हस्तान्तरणमा ढिलाई भए पनि आगामी दिनमा त्यो समस्या नदोहोरिने आश्वसन दिए । बिजेता अण्डर १९ क्रिकेट खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ, टिम व्यवस्थापक र फिजियोलाई १, १ लाख रुपैयाँ नगद पुरस्कार सम्मान सहित हस्तान्तरण गरिएको थियो । यसैगरि ASBC U-22 Asian Men & Women’s Boxing Championship मा रजत पदक जित्ने खेलाडी सुष्मा तामाङलाई ६ लाख रुपैयाँ, काश्य पदक बिजेताहरु हेमा राई, विशा जबेगु र विजय वाटालाई ३, ३ लाख रुपैयाँ, मुख्य प्रशिक्षक दिपक महर्जनलाई १ लाख ८ हजार रुपैयाँ र सहायक प्रशिक्षकलाई ७२ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गर्नुभयो । मन्त्रालयका सचिव रविलाल पन्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पुरस्कृत खेलाडीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu