ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र कतारबीच श्रम सम्झौता परिमार्जन र साउदीसँग नयाँ श्रम सम्झौता हुने


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   ८ : ३९   बजे

काठमाडौ २९ माघ । नेपाल र कतारबीच भएको श्रम सम्झौता परिमार्जन हुने भएको छ । यस्तै, साउदी अरबसँग नयाँ श्रम सम्झौताको लागि एक महिनाभित्र मस्यौदा टुङ्ग्याउने समझदारी भएको छ ।यूएईमा भएको आबुधाबी डायलगको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग गरेको छुुट्टाछुुट्टै छलफलमा यस्तो समझदारी भएको हो ।नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई परिमार्जन गर्न लागिएको हो ।

सम्झौतामा सिप साझेदारी र श्रमिकको हक हित सुरक्षाका विषयवस्तु थप गर्ने दुवै देशले अनलाइन बैठकमार्फत् छिट्टै टुङ्ग्याउने सहमति भएको छ । दुुई महिनापछि कतारका अमिर नेपाल भ्रमण आउँदा परिमार्जन गर्न लागिएको श्रम सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको छ ।यसैगरी साउदी अरबसँग भएको साइडलाइन बैठकमा न्यायोचित भर्ना प्रणाली, सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेसागत स्वास्थ्य सुरक्षा लगायतका विषयलाई सम्बोधन गरेर नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ ।

साउदीले सिपमूलक जनशक्ति उत्पादनका निम्ति तालिम केन्द्र स्थापना गर्न अहिले भैरहेको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।यस्तै, श्रममन्त्री भण्डारीले दक्ष जनशक्ति उत्पादनका लागि लगानी गर्न खाडीसहितका गन्तव्य देशलाई आग्रह गर्नुभएको छ । आबुधाबी डाइलगलाई सम्बोधन गर्दै उनले श्रमिक तथा उनीहरुको परिवारलाई बलियो सामाजिक सुरक्षाको माध्यमबाट संरक्षण गर्नु गन्तव्य र श्रोत राष्ट्रको समान दायित्व रहेको बताए । उनले श्रमिकहरुको न्यूनतम ज्यालाको प्रत्याभुति दिनेतर्फ आबुधाबी डाइलगले प्रतिवद्धता जनाउनुपर्ने पनि बताएका छन ।यूएईमा अस्तिदेखि शुरु भएको अबुधाबीमा डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu