ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा दलका नेतालाई सुविधा दिने अध्यादेशमा प्रतिपक्षी दलको विरोध


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   १२ : ५४   बजे

काठमाडौं २९ माघ । कोशी प्रदेशका सत्तारुढ गठबन्धन दलका नेतालाई सुविधा दिनेगरी सरकारले ल्याएको अध्यादेशप्रति नेकपा एमालेले किस्ताबन्दीमा विरोध जनाएको छ । संसदीय दल, पूर्व मन्त्री र पार्टीले पालैपालो अध्यादेशप्रति विरोध जनाएका हुन् ।

पछिल्लो समय नेकपा एमाले कोशी प्रदेश कमिटीले अध्यादेशको विरोध जनाएको छ । प्रदेशसभाका पदाधिकारीलाई थप सेवा सुविधा दिने गरी ल्याएको अध्यादेश तत्काल फिर्ता लिन प्रदेश कमिटीले आग्रह गरेको छ ।

सत्तारुढ गठबन्धन दलका नेताहरूलाई गाडी सुविधा दिन मिल्ने गरी प्रदेशसभाका पदाधिकारी थप गर्दै मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गरेका थिए ।

१५ माघमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए ।

१८ माघमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले लिखित सुझाव दिँदै मुख्यमन्त्री कार्कीलाई अध्यादेश फिर्ता लिन आग्रह गरे ।

२१ माघमा पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमाले नेता जीवन घिमिरेले संसदमा पदाधिकारी थप गर्ने र जिसस प्रमुखको अधिकार कटौती गर्ने विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरे ।

आइतबार प्रेस चौतारीसँगको कार्यक्रममा अध्यक्ष घनश्याम खतिवडाले प्रदेश सभालाई बेवास्ता गर्दै अध्यादेश ल्याएको भन्दै निन्दा गरे । जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिका अध्यक्ष हुने व्यवस्थालाई हटाउँदै विकास समितिमा कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नु गतल भएको खतिवडाले बताए ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्तापक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने विषय उल्लेख थियो । मुख्यमन्त्री कार्कीले त्यसमा संशोधन गर्न ६ माघमा अध्यादेश जारी गरेका थिए ।

अध्यादेशले संशोधन गरेको दफा २ को ‘ख’ मा भनिएको छ ‘पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सरकारमा सहभागि रहेका दलहरुका संसदीय दलको नेता, सत्ता पक्षको समेतक र प्रदेशसभा समितिका सभापतिलाई समेत सम्झनुपर्छ ।’

अध्यादेश जारी भएपछि पूर्व मुख्यमन्त्री उद्धव थापा र राजेन्द्र राईले गाडी सुविधा पाउनेछन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपा नेता भक्ती सिटौला र जसपा नेता निर्मला लिम्बूले पनि गाडी सुविधा पाउनेछन् । त्यसप्रति एमालेले विरोध जनाउँदै आएको छ ।

तर मुख्यमन्त्री कार्की अध्यादेश फिर्ता नलिने अडानमा छन् । सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा दिने सुविधालाई व्यवस्थित गर्न अध्यादेश ल्याएको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group