ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   १ : १३   बजे

काठमाडौ २९ माघ । वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलव ४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७ दशमलव ४ प्रतिशत, नेपाल बैंकको ७ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८ दशमलव ५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७ दशमलव ६ प्रतिशत, नबिल बैंकको ७ दशमलव ७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८ दशमलव १ प्रतिशत, कुमारी बैंकको ८ दशमलव ०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।
फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ

फागुनमा कुन बैंकको ब्याजदर कति रु
कृषि विकास बैंक स् ६ दशमलव ४४ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक स् ७ दशमलव ३५ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंक स् ७ दशमलव ३५ प्रतिशत
प्राइम कमर्सियल बैंक स् ७ दशमलव ४ प्रतिशत
नेपाल बैंक स् ७ दशमलव २५ प्रतिशत
सानिमा बैंक स् ७ दशमलव ५१ प्रतिशत
प्रभु बैंक स् ७ प्रतिशत
नेपाल इन्भेस्टमेन्ट बैंक स् ८ प्रतिशत
एनएमबी बैंक स् ८ दशमलव ५ प्रतिशत
ग्लोबल आईएमई बैंक स् ७ दशमलव ६ प्रतिशत
नबिल बैंक स् ७ दशमलव ७६ प्रतिशत
नेपाल एसबीआई बैंक स् ८ दशमलव १ प्रतिशत
कुमारी बैंक स् ८ दशमलव ०१ प्रतिशत
एनआइसी एशिया बैंक स् ८ प्रतिशत
हिमालयन बैंक स् ८ दशमलव १५ प्रतिशत
लक्ष्मी सनराइज बैंक स् ८ प्रतिशत
माछापुच्छ्रे बैंक स् ८ प्रतिशत
एभरेष्ट बैंक स् ८ प्रतिशत
सिद्धार्थ बैंक स् ८ प्रतिशत
सिटिजन्स बैंक स् ८ दशमलव २५ प्रतिशत

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu