ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी इन्चार्जहरूको रिपोर्ट मातृकाको व्यङ्ग्यदेखि अराजकताको चर्चासम्म


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   १ : २६   बजे

काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा १० वटै प्रदेशका इन्चार्जले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका छन् ।

काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा जारी बैठकमा प्रदेश इन्चार्जहरुले आफ्नो प्रदेशको समीक्षात्मक रिपोर्ट पेस गरेका हुन् । उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानको समग्र अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएकाले प्रदेश अध्यक्ष हरिराम चौधरीले रिपोर्टिङ गरेका थिए । साथै १० वटै प्रदेशका अध्यक्षले राजनीतिक, सांगठनिक र जनपरिचालन सम्बन्धमा रिपोर्टिङ गरेका थिए ।

– अभियानको सिकाइ निकै महत्त्वपूर्ण छ । एक अर्कामा आरोप होइन, तथ्यमा आधारित बहस अभियानको मौलिकता हो ।

– विधान अधिवेशन र विशेष महाधिवेशनलाई अभियान कोशेढुंगा बन्नेछ ।

– नेतृत्वलाई विचारमा, राजनीतिमा र संगठनमा संश्लेषण गर्न सहज बनाएको छ ।

– संगठन संरचना नभएको अवस्थामा अभियान सञ्चालन गरेको ।

– मधेसमा पार्टी नेतृत्व, नीति, योजना, कार्यक्रममा विवाद छैन तर जुँगाको लडाइँ छ, सुविधाको लडाइँ छ ।

– मधेसमा अभियान सोचेभन्दा राम्रो भएको ।

– अभियान सुरु भयो, अभियान जारी छ, ७५ प्रतिशत अभियान अझ जरुरी छ ।

– वर्ग संघर्षको आजको आधार मधेस हो । आजको समाजवादको आधार मधेस हुनु पर्छ ।

– अभियानमा असहयोग पनि भयो ।

– यो अभियान मार्फत काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गरिनु पर्छ ।

– पैसा कमाउन कर्मचारी मधेस जाने चलन रहेछ, आजको दिनमा भ्रष्टाचारको केन्द्र मधेस हो । सुशासनको अभियान मधेसमा केन्द्रित गरिनु पर्छ ।

चक्रपाणि खनाल – अभियानले पार्टी संगठनमा आशा जगाएको छ ।

– अभियान ६० प्रतिशत उत्साहजनक भयो ।

– कोशी प्रदेशका १३७ पालिकाका ११५७ वडामा अभियान भयो ।

– अभियान अपेक्षाकृत हुन सकेन, थप अभियान जरुरी छ ।

– प्रदेशको नामका कारण पार्टीको छवि खस्केको छ, पार्टी केन्द्रले आत्मालोचना गरे पनि जनतामा अझ भ्रम छ ।

जनार्दन शर्मा

– जनतामा पार्टीप्रति आशा भएको तर त्यसलाई सांगठनिकरण गर्न नसकिएको ।

– कार्यकर्ताको आलोचना र माया दुवै छ ।

– विगतको कतिपय गलत निर्णयका कारण उपत्यकामा पार्टी बनाउन जनतालाई पार्टीमा जोड्न गाह्रो भएको छ ।

– सरकारको नेतृत्व गरेर लोडसेडिङ, खानेपानी, नागरिकता, सुशासनको राम्रा काम गर्दा पनि जनता माओवादीसँग आएनन् । उपत्यकामा विशेष ध्यान दिन जरुरी छ ।

– काम माओवादीले गर्ने, जनतालाई अर्कैले झुक्याउने कुरा सल्टाउनु पर्छ ।

गिरिराजमणी पोखरेल

– सापेक्षितरुपले व्यवस्थित कमिटी छ ।

– काठमाडौँ र पार्टीबिच लय मिलेको छैन, अन्तरविरोधले काम गरेको छ ।

– पार्टी विधि र पद्धतिमा चलाउनु पर्छ ।

– वर्गमा आधारित पार्टी चलाऊ पर्छ । वर्ग छोड्दा पार्टी कमजोर भयो ।

– पार्टीका नेताहरुको कार्यशैली, आचरणसमेत रुपान्तरण गरेर, अभियानलाई निरन्तरता दिनु पर्दछ ।

मातृका यादव

– मधेसीले कहीँ जागिर नपाए पहाडमा पाउँछ, मलाई पनि पार्टीमा काम नपाउँदा कर्णालीको पहाड पठाएको जस्तो भयो । तर म खुसीले गएको हो ।

– हुम्लाका जनताले मलाई भेटेर ‘पहिला जाँडको भाँडो फुटाउने, अहिले त तपाईँका कार्यकर्ता नै खाएर बाटोमा लड्छन्’ भने ।

– भूकम्पका बेला प्रभाकरजी रुकुममा जोड खट्नु भयो, बागमतीबाट बिदा लिएर हो कि १

– अध्यक्ष कमरेडले ३ पटक समय दिनु भयो कर्णालीमा ।

– अभियानमा आर्थिक समस्या भयो ।

राम कार्की

– प्रवासीहरुको भूमिका फेरिएको छ ।

– पहिले यताबाट भनेको मान्थे अहिले उनीहरुले भनेको यता मान्छन् ।

– अतः प्रवासको काम सहयोगीबाट निर्णायकमा बदलिएको छ ।

– माओवादी नेतृत्वमा सरकार भएको बेला नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव गरौँ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

सम्बन्धित

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu