ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड- कोसीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बिन्दुमा छौँ


एबीसी न्यूज
२९ माघ २०८०, सोमबार   ३ : २९   बजे

काठमाडौं २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनका क्रममा कोसी प्रदेशमा नेपाली कांग्रेसले धोका दिएको बताएका छन्।  माओवादीको पाँचौँ केन्द्रीय समिति बैठकलाई सोमबार राष्ट्रिय सभागृहमा सम्बोधनका क्रममा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको बताएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कोसीमा कांग्रेसबाट गम्भीर धोका पाएकाले लामो सहकार्यबारे सोच्ने अवस्था आएको बताए।

‘राष्ट्रियसभा निर्वाचनका क्रममा कोसीमा कांग्रेसले गम्भीर धोका दियो’, उनले बैठकलाई सम्बोधन गर्दै भने, ‘कांग्रेसबाट हामीलाई निरन्तर धोका हुँदै आएको छ। त्यसैले अब कांग्रेससँगको सहकार्यबारे सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ।’

प्रचण्डले आफूहरूलाई धोका दिने काममा कांग्रेसका केही नेताहरू योजनावद्ध रुपमाा लागेको पनि बताए। ‘कांग्रेसका केही नेताहरूका कारण हामीले निरन्तर धोका पाइरहेका छौँ’, उनले अगाडि भने, ‘कोसीको नतिजालाई हामीले गम्भीरतापूर्वक लिएका छौँ। हामीलाई अप्ठ्यारो पार्ने काम भइरहेको छ। कांग्रेससँगको सहकार्य सजिलो छैन।’

दाहालले कांग्रेसले धोका दिइरहे पनि आफूहरू अहिले नै गठबन्धन छाड्नुपर्ने पक्षमा भने नरहेको बताए। तर उनले कांग्रेससँग दीर्घकालीन सहकार्यबारे पनि शंका उब्जिएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group