ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी विधान अधिवेशन १३ सय सहभागीलाई १३ वटा समूहमा विभाजित गरियो


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   १ : ३२   बजे

काठमाडौं १ फागुन ।  सत्तारुढ नेकपा माओवादी केन्द्रले विधान मस्यौदामाथि छलफल थालेको छ। विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा सहभागी करिब १३ सयजना नेता(कार्यकर्ताहरूलाई विभिन्न १३ वटन समूहमा विभाजन गरेको छ।

१३ समूहमा विभाजित नेता(कार्यकर्ताहरूको सुझाव संकलन गरेपछि माओवादीले आफ्नो विधान संशोधन गर्ने भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान परिमार्जनमाथि छलफल गर्न अधिवेशन भइरहेको छ।

तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले तल्लो तहबाट पनि सुझाव ल्याएको छ।

विधानमार्फत साङ्गठनिक संरचनामा केही परिवर्तन गर्न खोजिएको माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधान भद्दा भएको भन्दै परिमार्जन गरी चुस्त बनाइने बताएका छन्।

माओवादीले विधान अधिवेशनमार्फत केन्द्रीय समितिसहित संगठनको आकार छरितो बनाउने भएको छ। मा‌ओवादीले केन्द्रीय समितिलाई १५० आसपास ल्याउने गरी छलफल अघि बढाएको छ।

अधिवेशनअघि दुई दिनसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा नयाँ विधानको मस्यौदामाथि छलफल भएको थियो। अब यो विधान अधिवेशनमार्फत सांगठानिक संरचनामा हेरफेर गरिँदैछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group