काठमाडौं १ फागुन । एसीसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत अहिले भइरहेको मालदिभ्सविरुद्धको खेलमा नेपालकी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन जोडेको छ। रुविनाले एक सय १८ रन बनाइन्।
उनले ५९ बलमा ५ छक्का र १० चौका प्रहार गरेकी थिइन्। पूजा महतोले पनि ५९ रन जोडिन्।
पूजा र रुविनाले पाँचौँ विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए।
प्रतिक्रिया दिनुहोस्