ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालत भन्छ- जनयुद्ध दिवस भन्दै बिदा दिने स्थानीय निकायविरुद्ध मुद्दा परे हामी बोल्छौँ


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   १ : ५६   बजे

काठमाडौं १ फागुन । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने केन्द्रीय सरकारको निर्णय खारेज गरे पनि मङ्गलवार केही स्थानीय निकायले त्यसको अवज्ञा गर्दै बिदा दिएका छन्।

अदालतको आदेशपछि केन्द्रीय सरकारले पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको थियो। तर स्थानीय निकायले छिटफुट बिदा घोषणा गरेर जनयुद्ध दिवस मनाइरहेका छन्। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दा परेपछि मात्र अदालतले यस विषयमा बोल्ने बताए।

‘हामीले अहिले धारणा दिनेभन्दा पनि मुद्दा पर्‍यो भने अदालतले बोल्छ। अदालत आफैले पनि अवहेलनाको मुद्दा हाल्ने व्यवस्था छ तर हाम्रोमा त्यति अभ्यासमा छैन’, उप्रेतीले भने।

उनले सार्वजनिक बिदा दिने गाउँपालिकाविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको जानकारी पाएको पनि बताए।

‘दर्ता नभई त बोल्न भएन तर तयारी छ भन्ने चाहिँ सुनेको छु’, उनले भने।

यसअघि बागमती गाउँपालिकाले दिएको सार्वजनिक बिदा उच्च अदालत पाटनले खारेज गरेको थियो। संविधानविद् विपिन अधिकारीले जनयुद्ध दिवसका अवसरमा स्थानीय निकायले सार्वजनिक बिदा घोषणा गर्नु अदालतको अवहेलना हुने बताए।

उनले राज्य, कानुन,प्रणाली केही होइन भन्ने अवस्था देखिएको बताए। ‘अदालतको जे दृष्टिकोण हो, नेपाल सरकारको त्यही दृष्टिकोण हुनुपर्छ। गृह मन्त्रालयले सर्कुलर जारी गर्नु पर्थ्यो। केही अस्पष्ट भए स्थानीय निकायले माथि बुझ्नु पर्थ्यो। तर यहाँ प्रधानमन्त्री नै अदालतको आदेश उल्लङ्घन गर्न उद्धत देखिन्छन्’, अधिकारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group