ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको गुनासो – गणतन्त्रविरोधीहरूले माओवादी नेतृत्वलाई हेप्न थाले


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   २ : १६   बजे

काठमाडौं १ फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण भएका उपलब्धिलाई भुलेर अहिले आफूहरूलाई हेप्ने काम भएको बताएका छन्।

पार्टीको विधान सम्मेलनलाई मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा सम्बोधनका उनले यस्तो बताएका हुन्।

प्रचण्डले जनयुद्ध चलाउँदा विश्वभर आफूहरूको प्रभाव रहेको बताउँदै अहिले आफूहरूका केही कमजोरीका कारण हेपाई खान थालिएको बताए।

‘अहिले माओवादीको नेतृत्व, एजेन्डा र विचारलाई हेप्न थालियो’, उनले भने, ‘हामी प्रज्ञामा विधान सम्मेलन गरिरहँदा बाहिर गणतन्त्रविरोधीहरू उपलब्धिविरुद्ध बोल्ने दुस्साहस गरिरेहका छन्।’

प्रचण्डले सशस्त्र संघर्षका क्रममा माओवादी एउटा शक्ति रहेको भन्दै जसको प्रभाव विश्वभर रहेको सुनाए।  ‘सात राजनीतिक दलहरूलाई राजनीतिको रंगमञ्चमा ल्याउने तागत थियो माओवादीसँग’, उनले भने, ‘अहिले हामीले कहाँ कहाँ कमजोरी गर्‍यौँ। अलिक बढी हेपाई खान थाल्यौँ। माओवादी, माओवादी नेतृत्व, एजेन्डा र माओवादीले गरेको त्याग बलिदान र दुरगामी कीर्तहरूलाई हेप्न खोजिँदै छ।’

उनले सबैभन्दा बढी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरूले मा‌ओवादीलाई हेप्न थालेका बताए।

‘आज हामी २९ औँ जनयुद्ध दिवस प्रज्ञा प्रतिष्ठानमा बसेर मनाउँदैछौँ। महान् जनयुद्धलाई अपमानित गर्ने कसैलाई अधिकार छैन’, उनले भने, ‘क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गरिँदैछ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group