ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुबिनाले देशलाई समर्पण गरिन् प्लेअर अफ दी म्याचको अवार्ड


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   ४ : २९   बजे

काठमाडौं १ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित निकाल्दा शतकसहित ३ विकेट लिएकी रुबिनाले प्लेअर अफ दी म्याचको अर्वाड देशलाई समर्पण गरेकी छिन् ।

टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी रुबिना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा अविजित रहेकी थिइन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

२२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सलाई १३ रनमा अल आउट गर्ने क्रममा रुबिनाले बलिङतर्फ ३।५ ओभरमा २ रन खर्चिएर ३ विकेट लिइन् । माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउने क्रममा कीर्तिमान प्रदर्शन गरेकी रुबिना म्यान अफ द म्याच भएकी थिइन् ।

‘मेरो यो अवार्ड म मेरो देश, नेपाली महिला क्रिकेटलाई माया गर्ने समर्थक र मेरो परिवारलाई समर्पण गर्न चाहन्छु,’ अवार्ड हात पारेपछि उनले भनिन् ।

विकेट निक्कै नै राम्रो रहेकाले विकेटमा टिकेर आफ्नै सर्टहरु खेल्ने योजना अनुसार खेल्दा कीर्तिमान बनेको उनले बताइन् ।

‘विकेट निकै राम्रो थियो, हामीले यो विकेटमा खेलिसकेका थियौं । विकेट फ्ल्याट हुन्छ र खेल्न सहज हुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘हामीले जति लामो समय खेल्यो त्यति धेरै रन बनाउन सक्छौं भन्ने थियो । मैले त्यहि सोचेर खेलेको थिएँ ।’

खेल भएको मलेसियाको बाङ्कीको तापक्रम ३२ डिग्रीसम्म पुगेको थियो । त्यो गर्मीमा पनि रुबिना र नट आउट ५९ रन बनाएकी पूजा महतो फिट देखिएका थिए ।

अभ्यासका क्रममा फिटनेशमा धेरै काम गरेकाले खेल्न सहज भएको रुबिनाले बताइन् । ‘हामीले फिटनेसमा निकै काम गरेका थियौं । यसको क्रेडिट हाम्रो सर्पोट स्टाफलाई पनि जान्छ,’ उनले भनिन्, ‘गर्मी थियो तर हामी कुनै पनि प्रतियोगितामा आउँछौं भने हामी जित्नकै लागि आउँछौं । हामीले जसरी पनि खेल्नु पर्छ ।’

६‍।२ ओभरको खेल सकिँदा ६१ रन बनाएको नेपालले ४ विकेट गुमाएको थियो ।

त्यसैले रुबिना र पूजाले १० ओभरसम्म सम्हालिएर खेलेका थिए र त्यसपछि शर्टहरु प्रहार गरेका थिए । ‘हामीले केही छिटो विकेट गुमाएका थियौं । जसका कारण हामीले १० ओभरसम्म टिकेर विकेट लिएर जानुपर्ने थियो । त्यसपछि हामीले शर्टहरु प्रहार गर्न थाल्यौं ।’

खेलपछि कप्तान इन्दु बर्माले पनि रुबिना र पूजाको तारिफ गरिन् । उनले भनिन्, ‘आज रुबिना र पूजाले निकै राम्रो खेले ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group