काठमाडौं १ फागुन । रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा आयोजित छैठौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन पुरुष तर्फको उपाधि सोलुखुम्बुका धावक अर्जुन राईले जितेका छन् । पुरुष तर्फको निर्धारित ४८ किलोमीटरको दुरी ४ घण्टा ४० मिनेटमा पार गर्दै राईले गुरिल्ला म्यारथनको उपाधि हात पार्न सफल भएका हुन।
त्यस्तै रुकुम पुर्वका शक्तिराम रोकाले ४ घण्टा ५३ मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो स्थान हात पारेका छ्न । ५ घण्टा ०१ मिनेटमा निर्धारित दुरी पार गर्दै सानीभेरी गाउँपालिका (३, का भुवन ओली तेस्रो छन ।
पुरुष म्याराथन तर्फ प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४५ हजार र चौथो हुनेले १५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । साथै दशौ स्थान सम्म आउने धावकहरुले ३ हजारका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरेको आयोजकले बताएको छ ।
त्यस्तै महिला तर्फ निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावतले महिला तर्फको उपाधि हात पार्न सफल भएकी छन । सानीभेरी गाऊपालिका रुकुम पश्चिमकी शुसिला पुनले निर्धारित दुरीमा ३ घण्टा १७ मिनेटमा पार गर्दै दोस्रो स्थान हात पारेकी छ्न।
३ घण्टा २७ मिनेटमा निर्धारित दुरी पार गर्दै खोटाङकी निर्मला राई तेस्रो हुनुभएकि हुन। भने कबिता बस्नेतले चौथो स्थान हात पारेकी छन ।
महिला म्याराथन तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार तथा चौथो हुनेले १० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै १०औ स्थान सम्मका धाबकहरुलाई क्रमश ३ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।
गुरिल्ला म्याराथनको पुरुष तर्फ ३५ जना धावक र महिला तर्फ १२ जना धावकको सहभागिता रहेको आयोजक सानीभेरी गाउँपालिकाले जानकारी दिएको छ ।
बिजेता धाबकहरुलाई,आठबिसकोट नगरपलिका प्रमुख रबि के।सी
।त्रिबेनी गाउँ पालिका अध्यक्ष गणेश बहादुर के।सी। सानीभेरी गाउँ पालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट, जिल्ला समन्वय उपप्रमुख धनबिर बि।क।कर्णाली प्रदेश सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी कल्यानी खडका लगाएतका अतिथिहरुले बधाई ज्ञापन गरेका थिए।
गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गदै आएको छ । सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो । सोही अबसरमा स्थानीय सास्कृतिक कार्यक्रम समेत प्रस्तुति गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्