ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन विद्यार्थी नेताहरु सरकारी छाप र जरायोको सिङसहित पक्राउ


abc tv
४ फाल्गुन २०८०, शुक्रबार   ८ : ५८   बजे

पोखरा । नेपाल विद्यार्थी संघका नेता तीन विद्यार्थी नेता विभिन्न सरकारी कार्यालयको छाप र जरायोको सिङसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१९, पुरनचौर घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र पोखरा ९ बस्ने विवेक श्रेष्ठ छन् । उनीहरू सरकारी छाप कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अनुमान प्रहरीको छ ।

बास्तोला पृथ्वीनारायण क्याम्पस, नेवि संघका पूर्वसभापति एवं नेविसंघ फोर्सका निवर्तमान सभापति हुन् । फागुन १ गते मात्रै बास्तोलाको पदावधि सकिएर नयाँ समिति बनेको थियो ।

पोखरा वडा नं. ९, नयाँबजारमा रहेको ब्लू होम डेकोर नामक पसलमा विभिन्न सरकारी कार्यालयहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।

सो क्रममा २४ थान छापहरु र जरायोको जस्तो देखिने सिंङ २ थान फेला परेको थियो । छापहरु बनाउन प्रयोग भएको मेसिन थान १, मनिटर थान १, सीपीयू थान १ सहित बरामद गरी तीनै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group