काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले विभिन्न प्रस्ताव पेश गरेका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले बिहीबारबाट सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।
तीनवटै प्रतिवेदनमाथि शुक्रबारको बैठकमा छलफल सुरु भएको छ । प्रस्ताव केन्द्रीय समितिले पारित गरेसँगै महासमिति बैठकमा पेश हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
यस्तो छ प्रतिवेदन हेर्नुहोस्
NC_GKT_सांगठनिक प्रस्ताव2080_Final (1) (1)







प्रतिक्रिया दिनुहोस्