ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले आज मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने


एबीसी न्यूज
६ फाल्गुन २०८०, आइतबार   १२ : ५१   बजे

काठमाडौं ६ फागुन ।   नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन आज फिर्ता लिने तयारी गरेको छ।   गएको जेठमै सरकारबाट बाहिरिएको एमालेले आज मुख्यमन्त्री सरोज कुमार यादवलाई यसअघि पार्टीले दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो।

सरकारमा रहेको जनमत पार्टीले एक महिना अघि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज मधेस प्रदेशसभाबाट तेस्रोपटक विश्वासको मत दिने तयारी गरेका छन्।

विश्वासको मत लिने प्रयोजनको लागि आइतबार दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।  यादवलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न केही बेरमा एमाले संसदीय दलको बैठक बस्दैछ।

‘हामी अहिले जनकपुरस्थित पार्टी कार्यालयमै छौँ,’ एमाले प्रदेशसभा सदस्य शारदा थापाले नेपालखबरसँग भनिन्, ‘सम्भवतः केही बेरमा बस्ने बैठकले मुख्यमन्त्रीलाई यसअघि दिएको समर्थन फिर्ता लिने छ।’

एमालेले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवलाई सुविधाजनक बहुमत कायमै रहने सम्भावना छ।

‘हामीले समर्थन फिर्ता लिए पनि बहुमत कायम गर्न सरकारलाई केही असर पर्ने देखिँदैन,’ थापाले भनिन्, ‘तर, अब हामी सरकारलाई समर्थन कायम राख्ने पक्षमा छैनौँ।’

स्रोतका अनुसार जनमत पार्टीले मधेस प्रदेशसभामा प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको हो।

जसपा नता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा यादव मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए। १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ।

हाल एमाले र जनमत पार्टी यादवको विपक्षमा रहे पनि कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन उनलाई छ।

हाल मधेस प्रदेशसभामा सत्ता गठबन्धन दलका ६५ सांसद छन्। कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९९९ र एकीकृत समाजवादीका ७ जना सांसद मधेस प्रदेश सभामा छन्।

मधेश प्रदेश सभामा एमालेका सबैभन्दा धेरै २४ जना सांसद छन्। मधेस सभामा जनमत पार्टीका का १३ जना सांसद छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group