ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुर्सी हल्लिने डर मानेको छैन : प्रधानमन्त्री प्रचण्ड (प्रश्न उत्तरको पूर्णपाठ)


एबीसी न्यूज
६ फाल्गुन २०८०, आइतबार   २ : ४३   बजे

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए । ‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुने थिएन । विगतमा पनि थिएन नि घटनाहरु त, कति छानबिन भए’, प्रधानमन्त्रीले भने, ‘सुशासन मेरो नारा होइन संकल्प हो ।’

आफूलाई अहिलेको प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले प्रधानमन्त्री बनाएको भन्दै सुरुमा सरकार १५ दिन हो कि २० दिन हो भन्ने सोचेको सुनाए ।

‘मलाई अहिलेको प्रमुख प्रतिपक्ष लगायतकाले दलले प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० हो भन्ने सोचेको थिएँ । विश्वभरि अध्ययन पनि गरेको थिएँ कति वटा प्रधानमन्त्री १५–२० दिनमा हटेका रहेछन् भनेर’, प्रचण्डले भने, ‘नजिकै हाम्रो छिमेकी भारतमा १३ दिनमा अटलविहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ ।’

 

संसद-जवाफ-२०८०-फाल्गुण-6

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu