ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्याप्त अध्यागमन अधिकृत नभएपछि त्रिभुवन विमानस्थलमा समस्या


एबीसी न्यूज
६ फाल्गुन २०८०, आइतबार   ४ : ३९   बजे

काठमाडौं ६ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले पर्याप्त कर्मचारी नभएर सेवा प्रवाहमा समस्या भएको गुनासो गरेको छ । विमानस्थल अध्यागमन कार्यालयमा १२१ अध्यागमन अधिकृतको दरबन्दी रहेकोमा करिब ९० जना मात्रै अधिकृत कार्यरत छन् ।

अध्यामन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमाल सहज ढंगले सेवा प्रवाह गर्न कर्मचारी अभाव भइरहेको बताउँछन् । दरबन्दीअनुसार कर्मचारी नभएकाले अध्यागमन विभाग र मन्त्रालयसँग थप कर्मचारी माग गरेको उनले बताए ।

‘यो अत्यावश्यक सेवा भएकाले केही कर्मचारी कम हुँदा पनि सेवा प्रवाह असजिलो बन्छ,’ उनले भने,‘हामीले दरबन्दीअनुसार अध्यागमन अधिकृत पठाउन मन्त्रालय र विभागलाई जानकारी गराएका छौं ।’

हमालका अनुसार अन्य कर्मचरीको अभाव नभएपनि यात्रा अनुमतिका दिन पासपोर्टमा छाप हान्ने अधिकृतकै बढी अभाव छ । दैनिक १७ हजारसम्म यात्रुलाई अध्यागमन अधिकृतबाट नै सेवा दिनुपर्ने भएकाले जनशक्ति कम हुँदा समस्या भएको सहसचिव हमालले बताए ।

मन्त्रालयले भने अध्यागमनमा जान कर्मचारीहरु नै अनिच्छुक रहेको बताउँदै आएको छ । गत २८ माघमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने गरेको बताएका थिए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी नपाएर हैरान भएको बताएका थिए । ‘पहिला त्यहाँ जान तँछाड–मछाड हुन्थ्यो’, मन्त्री श्रेष्ठले भनेका थिए, ‘अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन् ।’

स्रोतका अनुसार केही सयमअघि सरुवा भएका कतिपय कर्मचारी तेस्रो पटकसम्म अध्यागमन कार्यालयमै फर्किएको पाएपछि करिब २४ जनालाई फर्काइएको थियो । उनीहरु भिजिट भिसाको नाममा हुने मानव तस्करीमा सहयोग गर्न सरुवा मिलाएर फर्किएको हुनसक्ने भन्दै गृहले अध्यागमनबाट फिर्ता गरेको थियो ।

त्यसपछि रिक्त पदहरुमा गृहले पदपूर्ति गर्न सकेको छैन । स्रोतका अनुसार अहिले मन्त्रालयसहित राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण र कारागार व्यवस्थापन विभागमा दरबन्दीभन्दा बढी अधिकृत छन् ।

तर, मन्त्रालयले मन्त्रालय र विभागमा कर्मचारीको भिड घटाएर अत्यावश्यकीय सेवा दिने ठाउँमा पर्याप्त कर्मचारी दिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group