सुर्खेत, ५ फागुन । प्रदेश नम्बर ६ को प्रदेश संसद सचिवालयको कार्यालयमा प्रदेश ६ स्थापना गर्दा साहदत प्राप्त गरेका शहीदहरुको तस्विर राख्न सांसदहरुले माग गरेका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा सांसद धर्मराज रेग्मीले शहीदहरुकोे तस्विर कार्यालयमा राखिनुपर्ने बताउनु भएको थियो ।
सांसद रेग्मीले प्रदेश ६ स्थापना गर्दा भएको आन्दोलनमा सहादत प्राप्त गरेका गोपालसिंह रजवार, टिकाराम गौतम, यामबहादुर विसी र हरिबहादुर कुँवरको तस्विर कार्यालयमा तत्काल राखिनुपर्ने माग गर्नुभएको थियो । । ‘प्रदेश ६ लाई स्थापना गर्ने क्रममा शहीदहरुले गरेको बलिदानको सम्मान गर्नचाहान्छु’ उहाँले भन्नुभयो ‘अर्को पटकको बैठकमा आउँदा सहिदहरुको तस्विर देख्न पाइयोस् ।’
प्रतिक्रिया दिनुहोस्