काठमाडौं ७ फागुन । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।
तामाङ निलम्बनमा परेसँगै गृह मन्त्रालयले अध्यागमनमा नयाँ महानिर्देशक पठाउने तयारी गरेको छ। ‘अध्यागमनजस्तो महत्वपूर्ण कार्यालयमा प्रमुख रिक्त राख्ने कुरा भएन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित १५ जना कर्मचारी र तीन वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङले ११ करोड, ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको आरोप छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ ९१० र ३ ९१० ९झ० बमोजिम १० वर्षसम्म कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेत मागदाबी लिइएको छ।
सरकारी सम्पत्ति हानी नोक्सानी गराएर निर्माण व्यवसायीलाई फाइदा पुर्याएको र बैंक जमानीबाट असुल गरी सोमा लाग्ने ब्याज ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा असुल नगरेको आरोप तामाङमाथि छ।
प्रतिक्रिया दिनुहोस्