ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा- उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले झुक्याउनुभयो


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   ३ : २६   बजे

काठमाडौं ७ फागुन । नेपाली कांग्रेससका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् ।  प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्छु भनेर राजनीतिक भागवण्डा नै गरेको आरोप लगाएका हुन् ।

विश्वविद्यालयको नेतृत्व चयनदेखि नै त्रिभुवन विश्वविद्यालयमा सुधार गर्नुपर्नेमा प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको थापाले बताए ।

‘अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । झुक्याइयो । अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैं झुक्किरहनुभएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो’, उनले भने ।

विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने र यसपटक राम्रो अवसर आउँदा पनि गुम्न लागेको महामन्त्री थापाले बताए । उनले प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने धारणा राखे ।

‘म यसरी भागबण्डा गर्दिन, म नेतृत्व चयन ठीक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानुनले दिएको छ । अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ’, उनले भने ।

महामन्त्री थापाले अगाडि भने, ‘सच्याउनुभएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्नेकुराको कुनै पनि तुक रहँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group