ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा- भविष्यमा गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा निर्भर हुनेछ


एबीसी न्यूज
७ फाल्गुन २०८०, सोमबार   ५ : ३८   बजे

काठमाडौं ७ फागुन ।  कांग्रेस महामन्त्री गगन थापाको प्रतिवेदनमा गठबन्धन गर्न नहुने निर्णय महासमिति बैठकबाट लिनुपर्ने उल्लेख रहेको भनिएका बेला सभापति देउवाले सुरुमै गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिले निर्णय गर्न नहुने बताएका हुन् ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा देउवाले भने, भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।

वर्तमान सत्ता गठबन्धन २०७९ को निर्वाचन पहिले चुनावका लागि मात्रै नबनेको देउवाको भनाइ थियो । उनले २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अन्य पार्टीहरू मिलेर गठबन्धन बनाएको बताए । अहिले हामी गठबन्धनको अभ्यासमा छौं । अहिलेको गठबन्धन सरकारका लागि मात्रै बनेको होइन ।

केही समय पहिले प्रतिनिधिसभालाई असामयिक विघटन गर्ने र मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधिहरू भए, उनले भने, संविधानको रक्षाका लागि कांग्रेसकै पहल र प्रयत्नमा गठबन्धन बनेको हो । निर्वाचन पूर्वको गठबन्धन त्यसैको निरन्तरता हो ।

कांग्रेस महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu