काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार बालुवाटार सर्ने हुनु भएको छ । भक्तपुरको बालकोटमा बस्दै आउनु भएका उहा आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटार सर्न लाग्नु भएको हो ।
ओलीको प्रेस संयोजक चेतन अधिकारीका अनुसार भोली अपरान्ह ४ बजे बालुवाटार सर्ने गरी तयारी भईरहेको छ । नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि अहिले बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिएको भोलीपल्ट शुक्रबार बालुवाटार छाडेपछि बालुवाटारमा सरसफाइको काम भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्