काठमाडौ ८ फागुन । त्रिभुवन विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको एसएसपी कृष्णहरि शर्माले बताए ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट आइरहेका उनलाई सुराकीले दिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । एसएसपी कृष्णहरि शर्माका अनुसार, सोमबार राति दुबईबाट आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको एसएसपी शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्