ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली- म प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन खोजेँ, प्रचण्ड र देउवा मानेनन्


एबीसी न्यूज
८ फाल्गुन २०८०, मंगलबार   १ : ४५   बजे

काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तयार नभएको दाबी गरेका छन्।

मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘म प्रधानमन्त्री हुँदा टुंग्याउन साह्रै कोसिस गरेको हो, तर त्यतिबेला प्रचण्डजी र शेरबहादुरजीले मान्नुभएन,’ उनले अगाडि भने, ‘के सोख हो उहाँहरूको थाहा भएन।’

उनले आफूले धेरै आग्रह र अनुरोधसमेत गरेको बताए। उनले अहिले यसलाई हतियार बनाउन खोजिएको पनि बताए। अहिले पीडक पक्ष नै राज्य सञ्चालनमा भएकोले पीडितले न्याय नपाउने दाबी गरेका छन्।

‘अहिले पीडितमैत्री नहुन सक्ने सम्भावना धेरै छ। किनभने त्यसबेलाका विद्रोहीहरूको तर्फबाट पीडा दिने समूहको पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। क्रान्तिका नाममा पीडा दिने प्रधानमन्त्री, अर्को राज्यका नाममा हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ। दुवै पीडक पक्ष राज्य सञ्चालनमा छन्। पीडकले न्याय दिन खोज्दा आफ्नो हित केन्द्रभागमा राखेर गर्न खोज्छ,’ ओलीले भने।

उनले पीडित हुनेको प्राथमिकताको विषय नभई आफैं प्राथमकिताको विषय बनेको पनि बताए।

‘पीडित हुनेको प्राथमिकताको विषय होइन, आफैँ प्राथमिकताको विषय हो। यसलाई टुंग्याउन पर्ने सरकारले हो, तर दुवैथरी पीडकको सरकार अहिले बनेको छ,’ उनले भने।

स्वेच्छाकारी ढंगले सजाय घटाउने कुरा पीडितको उपहास हुने काम भएको बताए। ‘खाटा बसेको घाउमा मल्हम लगाउनपर्नेमा नुनचुक हाल्न खोजियो,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu