ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री- निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु


एबीसी न्यूज
८ फाल्गुन २०८०, मंगलबार   ४ : ०४   बजे
काठमाडौं ८ फागुन ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।
उहाँले भन्नुभयो “यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ । सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ ।” उहाँले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गर्नुभयो ।
बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहो¥याउनुभयो । उहाँले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको सुनिश्चितता भइसकेको छ । अब केही दिनभित्रै शिलन्यास हुन्छ । यसले पनि गोरखामा मात्रै नभइ मुलुकमा नै केही राम्रो काम हुँदैछ भन्ने सन्देश जानेछ ।”
उहाँले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरु सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधिपार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाउनुभयो । उहाँले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो “चीनमा राँगा र भैँसीको मासुको माग उच्च रहेछ । गोरखामा नै यस्तो केन्द्र निर्माण गर्नुपर्छ भन्ने मेरो सोच छ । रामपुरमा बनाउने कुरा पनि भएको थियो तर मेरो प्राथामिकता गोरखामा नै छ । यसतर्फ म लागिरेहेकै छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सम्बन्धित

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu