ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महासमिति बैठक पाँच प्रतिवेदनमाथि छलफल, एकजनालाई पाँच मिनेट समय


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   २ : १७   बजे
काठमाडौं ९ फगुन ।    नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ ।  बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो ।
बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीका प्रवक्ता डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखापरीक्षण प्रतिवेदन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो ।
वक्ताहरुलाई आफ्नो सुझाव र धारणा राख्न पाँच मिनेटको समय तोकिएको छ । वक्ताहरुले समयको परिधिभित्र रहेर आफ्नो धारणा राखिरहेका छन् । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको पार्टीका प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा धारणा राख्ने वक्ताहरुले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिको पदेन सदस्य बनाइनुपर्ने, निर्वाचन अगाडि गठबन्धन गर्न नहुने, अहिलेको गठबन्धनलाई निरन्तर राख्नुपर्ने, पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनुपर्ने, महिलालाई पार्टीभित्र पदाधिकारीलगायतका पदमा ३३ प्रतिशत अधिकार दिनुपर्नेलगायत धारणा राखेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu