ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रे कृषि महोत्सवमा रु छ करोडको कारोबार


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   २ : ५९   बजे
काठमाडौं ९ फगुन ।    काभ्रेपलाञ्चोकको बनेपामा यही फागुन पहिलो साता आयोजित काभ्रेपलाञ्चोक बृहत् कृषि महोत्सवमा रु छ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ   मूल आयोजक एवं संयोजकत्व गरेको जिल्ला समन्वय समितिको समन्वयमा यही फागुन ४ देखि ७ गतेसम्म बनेपामा सञ्चालित महोत्सवमा एक लाख ५० हजारले अवलोकन गरेको जनाइएको छ ।
जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रर्दशनी तथा बजारीकरण तथा कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै कृषि पेसामा लाग्नका लागि नागरिकलाई उत्प्रेरित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
समितिका प्रमुख दीपक गौतमद्वारा जारी विज्ञप्तिमा कृषिजन्य उपजहरुको बिक्री–वितरण रु दुई करोड, यन्त्र, औजार, उपकरणको बिक्री तथा अर्डरसमेत गरी रु दुई करोड, होटल व्यवसाय तथा रैथाने परिकारतर्फ रु एक करोड ५० लाख र अन्य सहयोगी क्षेत्र र गैरकृषितर्फ रु ५० लाख कारोबार भएको उल्लेख गरिएको छ । महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, दुग्धजन्य उत्पादन, लप्सी–क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपज, बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घीउ, कोल्ड च्याम्बर प्रविधिलगायत सामग्रीका एक सय ५३  प्रदर्शनी कक्ष राखिएका थिए ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महोत्सवमा काभ्रेपलाञ्चोकका तीन तथा सिन्धुपाल्चोकका तीन किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक  पुरस्कार’बाट सम्मानित गरिएको थियो भने राष्ट्रिय–अन्तरराष्ट्रियस्तरका विषय विज्ञबाट विभिन्न विषयमा सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै कृषिको आधारभूमिमा रही विद्यालयस्तरीय प्रतियोगितात्मक चित्रकला प्रदर्शनी गरी उत्कृष्ट विद्यार्थी एवं विद्यालयलाई सम्मान, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन तथा स्थलगतरुपमा माटो परीक्षण सेवा बाली उपचार सेवाबाट किसानलाई स्थलगतरुपमा नै प्राविधिक सेवा उपलव्ध गराइएको थियो ।
त्यस्तै कृषि उपजको प्रदर्शनी एवं कारोबारसहितका आधारमा कृषि उपज, बाली, वस्तु, प्रविधिसम्बन्धी २० कृषक समूह, सहकारी, कम्पनी, फार्मलाई सम्मान, हरेक दिन साँझ आयोजना राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group