ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ, तीन प्रदेशको ९ स्थानिय तहमा परियोजना संचालन हुने


एबीसी न्यूज
९ फाल्गुन २०८०, बुधबार   ४ : ५२   बजे

चितवन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेका छन । बुधबार भरतपुरमा आयोजित एक भब्य कार्यक्रमको बिच सो परियोजनाको समुदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिस्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गरिन । ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन हुनेछ।

यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ । कार्यक्रमका प्रमुख अतिथी वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदुरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन् । उनले आगामी वर्षहरूमा यस परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको बताउँदै परियोजनालाई पुर्ण कार्यान्वयन गर्न बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताइन । त्यस्तै, कार्यक्रमका बिशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाहरूको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिइन ।

उनले भनिन, यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानिय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा ब्यक्त गरिन । त्यसैगरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले आयोजनाको शुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए । क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्बन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बांकी नराख्ने प्रतिबधता ब्यक्त गरे । कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए । उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे । यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन ।

त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कबीररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे बिचार ब्यक्त गरे । कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तब्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए । कार्यक्रममा परियोजना संचालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए । क्रिएशन नेपालकी महासचिव सुजाता कोइराला सहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथी तथ विशिष्ट अतिथिहरूलाई न्यानो स्वागतका गरेका थिए । इयुको सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन । सो अबसरमा प्लाष्टिक सर्कुलरिटीप्रति हाम्रो प्रतिबद्धता देखाउँदै क्रिएशन क्षेत्रीय कार्यालय भित्रको मटेरियल रिकभरी फेसिलिटी (MRF) को भ्रमणको साथ कार्यक्रम अनौपचारिक सत्रमा सारिएको थियो। क्षेत्रीय कार्यालयको मैदान पनि कन्दुक इन्डस्ट्री, इको-रिभाइभ, क्लिनिट नेपाल जस्ता विभिन्न १० वटा क्लाइमेट स्मार्ट उद्यमी स्टलहरूले भरिएको थियो, जसले आफ्नो पर्यावरणमैत्री र दिगो उत्पादनहरू प्रदर्शन गर्दै थियो, जसमध्ये एउटा स्टलले हाम्रो ज्याकेटहरू प्रदर्शन गर्ने क्रिएशनको स्टल पनि थियो। 100% रिसाइकल PET बोतलहरूबाट बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group