ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद केसी- संसद् अवरोध गरेर सत्ता प्राप्त गर्ने अभिलाषा नराखौं


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   १२ : ५१   बजे

काठमाडौं १० फागुन । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विपक्षी दलहरु संसद चलाउने मूडमा नरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘झट्ट हेर्दा प्रतिपक्ष संसद् चलाउने मूडमा छैन । पटक(पटक अवरोध गर्ने मूडमा छ ।’

संसद्ले एक वर्ष पूरा गरेको र यो एक वर्षमा एउटा मात्रै कानुन निर्माण भयो भनेर आम जनतामा वितृष्णा र असन्तोष रहेको उल्लेख गर्दै कानुन निर्माणमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए । संसद् अवरोध गरेर सत्ता प्राप्त हुने अभिलाषा नराख्न विपक्षी दलहरुलाई उनको आग्रह छ ।

‘म प्रतिपक्ष साथीहरुलाई भन्न चाहन्छु( विमति हुन सक्छ । तर, संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छौं भन्ने जुन तपाईंहरुको अभिलाषा छ त्यता नलाग्नोस्’, कांग्रेस सांसद केसीले भने ।

केसी अगाडि संसदमा अवरोध गर्दै विपक्षी दलहरुले सरकारको आलोचना गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका व्यक्तिहरु मन्त्री पदमा बहाल रहेको, दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा दोषी रहेको भनी छानबिन प्रतिवेदनले भनेका भौतिक पूर्वाधार मन्त्री कारबाहीमा नपरेको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

विपक्षीहरुले उठाएको विषयलाई महत्व नदिए संसद् अवरोध हुनसक्ने चेतावनी उनीहरुले दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu