ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले सरकारी जग्गा फिर्तामा खोज्यो अपनत्व


एबीसी न्यूज
१० फाल्गुन २०८०, बिहिबार   १ : ०२   बजे

काठमाडौं १० फागुन । नेकपा एमालेले सरकारी जग्गा फिर्ता हुने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा छानबिन भएको बताएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै एमाले सांसद रघुजी पन्तले सरकारी जग्गाको छानबिन केपी ओली नेतृत्वको सरकारको पालामा भएको बताए ।

‘आज सुशासनको भाषण गर्दै हिँड्ने, सुशासनको भाषण गरेर नथाक्ने । सरकारी जग्गा फिर्ता ल्याएँ हँ त्यो सरकारी जग्गाको छानबिन कसको पालामा भएको थियो रु ओलीको पालामा हैन रु सुरु कल्ले गरेको थियो रु’ एमाले सांसद पन्तले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरे ।

भ्रष्टाचार विरोधी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मन्त्रीको नैतिकताको आधारमा राजीनामा माग्नुपर्ने उनको भनाइ छ । उनी थप्छन्, ‘अख्तियारले बयान लिन गएपछि नैतिकताको आधारमा राजीनामा देउ भन्न नसक्ने कायर प्रधानमन्त्री‘।’

अख्तियारले बयान लिएका स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदबाट हटाउनुपर्ने उनको माग छ । ललितपुरको बालकुमारीमा दुई युवकको मृत्यु हुने गरी भएको घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन आउँदा समेत कारबाही नभएको भन्दै बर्खास्तीको माग गरे ।

साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषको उपाध्यक्ष ल्यारक्याल लामालाई पनि कारबाहीको माग गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

हेलिकप्टरको आवाजबीच घाइतेको उपचारमा व्यस्त रसुवा अस्पताल, इन्धन अभावको चिन्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu