ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा बैठकमा एमालेले जनायो विरोध, माग्यो तीन मन्त्रीको राजीनामा


एबीसी न्यूज
११ फाल्गुन २०८०, शुक्रबार   ११ : ५२   बजे

काठमाडौं, ११ फागुन । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन्। शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन्।बैठक सुरू भएपछि प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएका हुन्।

त्यसक्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाएका हुन्। जसक्रममा उनले मन्त्रीहरूको पनि राजीनामा माग गरेका छन्। बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै एमालेले राजीनामा माग गरेको हो। सांसद भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग समेत गरेका छन्।

‘भौतिक पूर्वाधार मन्त्रीको लापरबाही, उहाँ जसरी त्यो बाटोमा जानुभयो र स्वयम् सरकारले बनाएको आयोग, छानबिन समिति मात्रै होइन,’ उनले भने, ‘आयोगले ‍मन्त्री दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदै हुँदैन।’यस घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसदमा भएको प्रश्नोत्तर‍ कार्यक्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैंले जिम्मेवारी लिनुपर्ने भट्टराईले बताए। ‘बालकुमारी घटनामा दुई जना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयमले भन्नुभएको छ। यदी बालकुमारी घटनामा हत्‍या भएको हो भने कसले गर्‍यो त, नागरिक तहमा झडप भएर हत्या भएको होइन,’ उनले संसदमा भने, ‘सुरक्षाकर्मीको गोलीबाट बालकुमारीमा दुई जना युवाको हत्या भएको हो। यसमा सिंगो सरकार जिम्मेवार छ।’उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

त्यसैगरी टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उनको पनि राजीनामा मागेको हो।सांसद भट्टराईले बयान नै प्रभावित हुनसक्ने गरी मन्त्री बस्नेतले सरकारी पदको दुरूपयोग गरेको बताएका छन्।

‘झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिन गएका मन्त्री सम्भवतस् उहाँ पहिलो होला। अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन,’ उनले भने, ‘यो नैतिक प्रश्न हो। छानबिन हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने अनि छानबिनलाई पनि अगाडि बढाउने हो भने छानबिन प्रक्रिया पनि प्रभावित हुन्छ। त्यसकारण निष्पक्ष ढंगले अगाडि बढाउन आजका स्वास्थ्य मन्त्रीजी पदमा बस्न मिल्दैन उहाँको राजीनामा हाम्रो भनाइ हो।’त्यसैगरी एमालेले संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ।लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले उनको राजीनामा माग गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group