काठमाडौं ११ फागुन । जनता समाजवादी पार्टी जसपाका प्रमु सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरेर सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड जम्मा गरेर कार्यालय बन्द गरी फरार भएको बताए । ।
पोखराको नागरिकले समेत जिबी राईको कारणले दुस्ख पाएको उल्लेख गर्दै उनले भने ‘कहाँ छन् जिबी राई रु सरकारले किन नियन्त्रणमा लिँदैन यस्को रहस्य के हो । यसरी गरीब जन्ताहरुको पैशा खाएर भाग्ने छुट उहाँलाइ कसले दियो सरकारले अहिले सम्म नियन्त्रणमा किन लिन सकेन भनी प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्