ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ थापाथलीबाट शिशु चोर्ने महिलाले प्रहरीमा दिएको बयान


एबीसी न्यूज
१२ फाल्गुन २०८०, शनिबार   ९ : ०४   बजे

काठमाडौं, १२ फागुन ।  थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले शिशु चोरी गर्नुको कारणबारे प्रहरीलाई प्रारम्भिक बयान दिएकी छन् ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो ।

स्रोतका अनुसार, प्रहरी टोली उनको घरमा पुग्दा सिंहले शिशुलाई आफूले नै जन्म दिएको दाबी गरेकी थिइन् । उनले बाटोमा जन्माएर ल्याएको दाबी गरेको एक अधिकृत बताउँछन् ।

तर, सीसी टीभी फुटेज, त्यसबेला लगाएको लुगा लगायतका आधारमा उनले शिशुलाई प्रसूति गृहबाट ल्याएको पुष्टि हुने अधिकृतहरु बताउँछन् ।

प्रहरीले प्रसुति गृहमा देखिँदाको हुलिया अनुसारको उनको कपडा पनि बरामद गरेको छ ।

सीसी टीभी फुटेजमा उनलाई लिन एक किलोमिटर परसम्म उनकी दिदी गएको देखिएको छ । त्यसैले प्रहरीले दिदीलाई पनि नियन्त्रणमा लिएको छ ।

‘चोरी गर्ने योजना अनुरुप नै प्रसूति गृह गएको हो कि जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘फर्किएर आउँदा निकैपरसम्म दिदी पनि लिन गएकाले उनी यसबारे जानकार हुनसक्ने देखिन्छ ।’

प्रहरीले नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि नियन्त्रणमा लिएको छ ।

शिशुलाई भने मध्यराति नै आफ्नो बुबाको जिम्मा लगाइएको छ । ‘स्वास्थ्यको विषय पनि हुन्छ, त्यसैले शिशुलाई परिवारको जिम्मा लगाइसक्यौं’, एक अधिकृतले भने ।

उनी ट्याक्सीमा गएकी थिइन् 

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, शुक्रबार दिउँसो केहिवेरका लागि शिशु समातेकी मनकुमारी त्यहाँबाट निस्किएर ट्याक्सी चढेकी थिइन् ।

प्रहरीले शुक्रबार साँझ ट्याक्सी चालकलाई समेत नियन्त्रणमा लिएर खोजी थालेको थियो । त्यसक्रममा सिंह पेप्सिकोलामा ओर्लिएर डेढ हिँड्दै घरसम्म गएको खुलेको छ ।

बाटोमा लिनलाई उनको दिदी पनि आएको देखिएको छ ।

काठमाडौं प्रहरीले पक्राउ परेकाहरुविरुद्ध के कसूरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लगाइसकेको छैन

यस्तो छ  बयान
पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिले काहीं बिदामा मात्र आउनुहुन्छ । धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान पनि निराश हुनुहुन्छ । म पनि मानशिक रुपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।

केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरु पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।

उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सिधै काँडाघारी डेरामा आएँ । श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाण्डु आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परें । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu