ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुमना श्रेष्ठ- मिटरब्याजीलाई दलहरुले नै प्रश्रय दिएका रहेछन्


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १२ : ३७   बजे

काठमाडौं १३ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितहरुको माग सम्बोधनका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गरेकी छन् ।

आइतबार प्रतनिधि सभाको शून्य समयमा बोल्दै उनले कानुनसम्मत भयो भन्दैमा सबै कुरा न्यायोचित नहुने सक्ने बताइन् ।

प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भनिन्, ‘तपाईंले भन्ने गरेको जनवाद यो वर्गको लागि चाहिएको छ । तपाईंले निर्णायक काम गर्नुपर्‍यो ।’

हरेक जिल्लामा मिटरब्याज पीडितको लागि छिटो न्याय दिलाउन पूर्वन्यायाधीश सम्मिलित मिटरब्याज पीडित इजलास बनाउन प्रधानमन्त्रीलाई उनको सुझाव छ । उनी थप्छिन्, ‘‘छानबिनको लागि के स्रोत चाहिन्छ दिनुस् ।’

अहिलेको लम्बेतान प्रक्रियामा मिटरब्याज पीडितले न्याय नपाउने दाबी गर्दै उनले थपिन्, ‘यो तत्काल गर्नुस् र मिडियम समयमा समाजशास्त्रीहरुलाई खटाउनुस् र पत्ता लगाउनुस् किन लिन्छन् आम मानिसले चर्को ब्याजमा ऋण रु’

एउटा कोष बनाएर निम्न वर्गलाई सहुलियत ब्याजदरमा सरकारले नै ऋण दिन सक्ने पनि उनको सुझाव छ ।

मिटरब्याजीहरुलाई राजनीतिक दलको प्रश्रय रहेको समेत थाहा पाएको उनले सुनाइन् । पटक(पटक प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बोलेकी रास्वपा सांसद श्रेष्ठले भनेकी छन्, ‘सामन्तवादविरुद्ध युद्ध गर्नुभएको प्रधानमन्त्रीज्यू, अहिले सामान्तवादकै प्रतीक मिटरब्याजी साहुकारहरुलाई विभिन्न राजनीतिक मान्छेहरुले प्रश्रय दिएको कुरा हिजो छलफलमा थाहा पाएँ । यसलाई अन्त्य गर्नुस् ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu