ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरब्याज पीडितलाई सरकारले वार्तामा बोलायो


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं १३ फागुन । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भनिएको छ । ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ’, पत्रमा भनिएको छ, ‘बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला ।’

समितिको असन्तुष्टि

मन्त्रालयले संघर्ष समितिलाई वार्तामा बोलाउनुपर्नेमा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै समितिले भने असन्तुष्टि जनाएको छ ।

हालै बसेको समितिको बैठकले ‘व्यक्तिगत रुपमा पठाइएको पत्रको जवाफ, व्यक्तिगत रुपमै दिने’ निर्णय गरेको समितिका प्रवक्ता नीर्घ नवीनले अनलाइनखबरलाई बताए ।

‘झण्डै एक महिनाको न्याय मार्च, आन्दोलन भएको छ, मन्त्रालयको एक जना शाखा अधिकृतले पठाएको पत्रमा सबै विषय समाधान भइसकेको भने जस्तो विषयहरु उल्लेख गरेर आन्दोलन भइरहेको छ, के विषय हो भन्न आउनु भने जसरी बोलाएको छ’, उनले भने, ‘यसलाई संघर्ष समितिले होइन, व्यक्तिगत रुपमै जवाफ दिने भन्ने निर्णय भएको छ ।’

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

गृह मन्त्रालयले लेखेको पत्रमा ‘मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानून संशोधन, अधिकार सम्पन्न आयो गगठन, आयोगको कार्यकाल समाप्त भइ विघटन भएपश्चाम उजुरी पछ्र्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरेर दुवै पक्षको बीचमा छलफल तथा मेलमिलाप समेत गराउने र सहमति नभएका विषयमा कानून बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने र प्रमुख जिल्ला अधिकारले त्यसको अनुगमन गर्ने व्यवस्था मिलाइएको’ समेत भनिएको छ ।

तर, मिटरब्याज पीडितहरुले नेपाल प्रहरीलाई जिम्मेवारी दिने विषयमै असन्तुष्टि जनाएका छन् । जालसाझी गरेर बनाइएका तमसुक र अवैध रुपमा कटाइएका चेक बाउन्स गराएर साहुकारले दिएको जाहेरीका आधारमा कतिपय पीडितहरुविरुद्ध पहिल्यै प्रहरी पक्राउ पूर्जी लिएर बसेकाले प्रहरीमार्फत यो समस्या समाधान हुन नसक्ने उनीहरुको भनाइ छ ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि गठन भएको आयोगका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की पनि प्रमुख जिल्ला अधिकारीमार्फत छलफल गराउने संयन्त्रलाई खुला राख्नुपर्छ भनेको बताउँछन् ।

कार्की नेतृत्वको आयोगले जिल्ला प्रशासन कार्यालयमा रहेको संयन्त्रबाट पीडितहरुसँग निवेदन माग्दा २८ हजार जनाले निवेदन दिएका थिए । तीमध्ये ५ हजार निवेदनमा पीडित र साहुबीच सहमति गराइएको कार्की बताउँछन् ।

तर, संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार, त्यसरी सहमति भएका कागजातविरुद्ध साहुकार अदालत गएर थुप्रै पीडितहरुको हकमा अदालतले सम्झौता उल्ट्याइदिएको छ । ‘

सहमति भएको भनिएकैमा अदालतमा त्यो कागज उल्ट्सिक्यो, सरकारले नै भनेअनुसार पनि २८ हजारमा सहमति हुँदा २३ हजार अझै पीडित छन्’, उनले भने, ‘त्यसैले बलियो न्यायिक आयोग बनाएर यसको समस्या समाधान गर्नुप¥यो भन्ने हाम्रो माग हो ।’

कार्की नेतृत्वको आयोगले २८ हजार निवेदनका आधारमा पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँ बराबरको लेनदेनको लिखत फेला पारेको थियो ।

तर, साहुहरूले ब्याज सहित ७ अर्ब ६२ करोड रुपैयाँ बाँकी भनेका थिए । ‘ती लिखतहरु सबै खारेज हुनुपर्‍यो र लिएको जति पैसाका आधारमा पीडितले तिर्न पाउने व्यवस्था हुनुपर्यो भन्ने हाम्रो कुरा हो’, नवीन भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group