ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा फागुन २८-२९ मा अन्तर्राष्ट्रिय शिखर सम्मेलन


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   १ : २४   बजे

काठमाडौं १४ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीमा यही फागुन २८(२९ गतेसम्म हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ ।

लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो ।

सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।

विश्वमा हालसम्म तीनवटा यस्ता शिखर सम्मेलन भएकाले यो चौथो शिखर सम्मेलन हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसीले बताए ।

केसीका अनुसार शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित २० जना अति विशिष्ट व्यक्तिहरू बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार, प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउने छन् । ‘अहिलेसम्म नोबेल पुरस्कार विजेता ९ जना र २० जना अति विशिष्ट व्यक्तिहरू, विकास साझेदार तथा नेपालका सरकारी निकाय,नागरिक समाज र निजी क्षेत्रका २ सय जनाको सहभागिता हुने निश्चित भएको छ,’ उपाध्यक्ष डा। केसीले भने, ‘हामी तयारीमै केन्द्रित छौं, कतिपय कानुनी अड्चन पनि भएकाले काम गर्न ढिलाई भएको छ, एक दुई दिनमै शिखर सम्मेलनबारे विस्तृत विवरण जानकारी गराउने छौं,’ प्रदेश योजना आयोगको ब्यानरमा शिखर सम्मेलन हुने उपाध्यक्ष केसीले बताए ।

प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्वराष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेहम बोबी र टुवाको कम्र्यान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देस सतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस,रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सहभागी हुने तय भएको उपाध्यक्ष डा। केसीले जानकारी दिए ।

सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टि च्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने केसीले जानकारी दिए ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरी विश्वभर चिनाउने र लुम्बिनीको विकासको लागि साझेदारहरूको ध्यान आकषिर्त गर्न प्रदेशमा मात्र नभई नेपालकैे ठूलो शिखर सम्मेलन भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

शिखर सम्मेलनमार्फत् लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरू लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu