ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री- टीआरसी विधेयक किन पारित भइराखेको छैन ?


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   ४ : ०४   बजे

काठमाडौं १४ फागुन ।   उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक’ पारित हुनमा बिलम्ब भएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसँग जोडिएको यो विधेयक किन अड्किएको छ भनी बोल्न सांसदहरुलाइ समेत आग्रह गरेका छन् । यो विषय राष्ट्रिय सहमति कायम गर्नुपर्ने विषय भएको र सहमतिका लागि सबै पक्ष तयार हुनपर्नेमा उनको जोड छ ।

‘‘प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतामा सन्दर्भमा सहमति कायम गरेर अगाडि बढ्नुपर्ने विषयहरुलाई सहमतिको विषय बनाउनुपर्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईं हामी सबै बोल्नुपर्यो टीआरसी विधेयक किन पारित भइराखेको छैन रु किन अड्काइराखको छ रु’

यो विधेयक राष्ट्रिय सहमतिको विषय किन नपरेको भनी प्रश्न उठाउन सांसदहरुलाई आग्रह गर्दै उनले थपेका छन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक हामीले पारित गर्नैपर्छ । त्यो ऐन बनेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आखयोगलाई पूर्णता दिनैपर्छ र संक्रमणकालीन न्यायको बाँकी कामलाई पूरा गर्नैपर्छ ।

पीडितलाई न्याय दिने र दिगो शान्ति कायम गर्ने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्ने उनले बताए । यसका लागि उनले अपिल समेत गरेका छन् । उनले भनेका छन्, ‘पीडितहरुलाई न्याय दिने गरी दिगो शान्ति कायम गर्ने गरी अगाडि बढ्नुपर्छ । यसमा राष्ट्रिय सहमति बन्नुपर्छ । यसमा मेरो अपिल छ ।’

२६ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको संक्रमणकालीन न्याय सँग सम्बन्धित विषय एक वर्ष देखि सदनमा बिचाराधीन छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले अधिकांश विषयमा सहमति जुटाएतापनि चार वटा विषयलाई मिल्न बाँकी भनी थाँती राखेको छ । मिल्न बाँकी विषयमा समितिले राजनीतिक दलहरुका बीचमा शीर्ष सहमति पर्खिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu