ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव


एबीसी न्यूज
६ फाल्गुन २०७४, आइतबार   १२ : ५५   बजे

नगरकोट, ६ फागुन । शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ ।

भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र प्रविधिका विषयमा स्थानीय पाठ्यक्रममा राख्न सकिने विषयवस्तुबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

मेघा माविका प्रअ गंगाधर हाडाले भक्तपुरको पर्यटन र वाइजल्याण्ड स्कुलका प्रअ आशकुमार चिकंबञ्जारले स्थानीय खेलबारे धारणा राख्नुभएको थियो । नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअबीच छलफल गरी आएका सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

सरोकारयुक्त पक्षसँग पटक पटक छलफलपछि पाँच सदस्यीय कार्यदल पनि गठन गरिएको छ । नयाँ शैक्षिक सत्रदेखि नै नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने बताइएको छ ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाले सात शैक्षिक संस्था तथा तीन जनस्वास्थ्य केन्द्र सञ्चालन गरेर देशकै लागि दिशानिर्देश गरिरहेको जानकारी दिँदै सबैको सामूहिक प्रयास र प्रतिबद्धताबाट स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गरेर सबै नगरपालिकाका लागि भक्तपुर उदाहरणीय बन्ने बताउनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाबाट गठित कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले संघीय सरकारले तय गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यविधि र निर्देशिकानुसार आवश्यकता पहिचान, नीतिगत निर्णय र पाठ्यक्रम निर्माण चरण पूरा गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता आरोप, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धुलिखेल–दाप्चा सडक १० मिटर चौडा बनाइँदै, ३ अर्ब ८० करोड लागत अनुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump’s Working-Class Coalition Shows Signs Of Fracture

Trump Administration Surveilled Labor Unions And Nonprofit Groups In Minnesota

अब ७७ वटै जिल्लामा ‘सरकारी कुरियर’ सेवा, घरदैलोमै पुग्न थाले राहदानीदेखि लाइसेन्ससम्म

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता आरोप, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धुलिखेल–दाप्चा सडक १० मिटर चौडा बनाइँदै, ३ अर्ब ८० करोड लागत अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu