ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारा विस्फोट : ३ जनाको मृत्यु, एम्बुलेन्स चढेर भाग्दै गरेका कबाडी सञ्चालक पक्राउ


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ११ : ५४   बजे

काठमाडौं, १५ फागुन । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा ३ जनाको मृत्यु भएको घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक एसपी सुरेश काफ्लेले जानकारी दिए।

‘पक्राउ पर्नेमा निजगढ नगरपालिका ९ का २९ वर्षीय टीकाराम पाख्रिन र भारतको मोतिहारी घर भएका ४० वर्षीय रमेश जैसवाल छन्,’ एसपी काफ्लेले ग भने, ‘विस्फोटमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। एक घाइतेको अवस्था गम्भीर छ।’पक्राउ पर्ने पाख्रिन कबाडी सामान बेच्ने व्यक्ति हुन्।

जैसवाल कबाडी सामान किन्ने व्यवसायी भएका प्रहरीले जनाएको छ। जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन्। विस्फोटमा ठूलो मानवीय क्षति भएपछि जैसवाल कबाडी गोदामबाट एम्बुलेन्स चढेर भारतीर भाग्दै गरेको अवस्थामा पक्राउ परेका एसपी काफ्लेले बताए। ‘विस्फोटपछि उनी पत्नी र छोराछोरीसहित एम्बुलेन्स चढेर भारततिर भाग्दै थिए,’ एसपी काफ्लेले भने, ‘हामीले अनुसन्धानको लागि उनलाई पक्राउ गरेर हिरासतमा राखेका छौँ।’

विस्फोट भएको वस्तु के हो अझै खुल्न बाँकी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu