ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रितीले अन्तिम मिनेटमा गोल गरेपछि नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने


एबीसी न्यूज
१६ फाल्गुन २०८०, बुधबार   १ : १९   बजे

काठमाडौं १६ फागुन । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।

खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।

दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मीकुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् ।

रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरे पनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् ।

जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो । उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् ।

निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्द्वी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।

फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् । ‘पहिलो हाफमा मैदानमा एडजस्ट हुन सकेनौं र बल कन्ट्रो गर्न सकेनौं । पहिलो हाफमा केही कठिन भयो र दोस्रो हाफमा शतप्रतिशत दियौं र नतिजा निकाल्न सफल भयौं,’ उनले भनिन् ।

उनले जोर्डन बलियो टिम भएको र नतिजाका लागि फाइट गर्ने बताइन् । उनले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताइन् ।

यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् ।

प्रितिले आफ्नो गोल फिजियो नवीनालाई समर्पण गर्ने पनि बताइन् । आफ्नो कठिन समयमा नविनाले धेरै सहयोग गरेको प्रितिले बताइन् ।

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group