ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   ३ : १५   बजे

काठमाडौं, १७ फागुन । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ ।

नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनमात्र बनाउन सक्यो । नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २ सय ४८ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १ सय ३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट र एन्गेलब्रेच्टले दोस्रो विकेटका लागि १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे । नामिबियाका रुबेन ट्रम्पेलमानले २ विकेट लिए ।

टी–२० क्रिकेटमा नेदरल्यान्ड्सले बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२१ मा नेदरल्यान्ड्सले नेपालसँगको खेलमा २ सय ९ रन बनाएको थियो । यस्तै त्रिवि क्रिकेट मैदानमा बनेको यो रन अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२१ मा नेपालले नेदरल्यान्डसँगको खेलमा २ सय ३८ रन बनाएको थियो ।

यो जितसँगै नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ । प्रतियोगितामा भोलि नेपाल र नामिबियाबीच खेल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu