ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नामिबियालाई हराउनै पर्ने दबाबमा नेपाल


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ७ : ३४   बजे

काठमाडौं, १८ फागुन । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित १०१ रनको शतकीय इनिङ खेलेका थिए ।
बिहीबार माइकल लेभिटले १३५ रनको सानदार शतकीय इनिङ खेलेपछि नेदरल्यान्ड्सले नामिवियाविरुद्ध २४७ रन बनाएको थियो ।रुबेन ट्रम्पलम्यान नामिवियाका प्रमुख बलर हुन् । पावर प्लेमा उनको बलमा बच्न सके नेपालले राम्रो योगफल बनाउन सक्छ ।

नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।

कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।

बलिङ नेपालको समस्या देखिएको छ । पावर प्लेमा करण केसी र सोमपाल कामीले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ ।

उता नामिबियाका जेराल्ड इरास्मस पूर्णरुपमा फिट नहुँदा सुरुवाती दुई टी(२० आई खेल खेलेका थिएनन् । उनी फर्किएको खण्डमा नामिबिया थप मजबुत बन्नेछ । जेजे स्मित प्रमुख हतियार हुन् । ठूला सटको क्षमता राख्ने उनको विकेट समयमै लिन आवश्यक पर्दछ ।

नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ । आजको खेलमा जित बाहेक अन्य विकल्प छैन । नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्यान्ड्स फाइनल खेल्ने पक्का हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu