ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ८ : ५१   बजे

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् ।भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् । १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो । कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाण्डौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो भने, बाँकी काम अस्पताल आफैंले गरेको हो ।

भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष ९३ मोडुलर, १ सेप्टिक ओ.टी. र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ ।भवनको तलमाथि गर्न दुई वटा भर्‍याङको व्यवस्था गरिएको छ । फरक क्षमता भएका मानिसहरुको लागि अपाङ्गमैत्री र्‍याम र शौचालयको व्यवस्था गरिएको छ ।भवनको सुरक्षाको लागि इलेक्ट्रिक अर्थिङको साथै अग्नि शमन यन्त्रको व्यवस्था गरिएको छ ।

उपकरणसहित भवनको सबै काम गरेर २० करोड १५ लाख २२ हजार ६२१ रुपैयाँ ४३ पैसा लागत लाग्ने अनुमान रहेको नेपाल नेत्रज्योती संघ चितवनका सचिव केशव अधिकारीले जानकारी दिए ।भवन निर्माणको लागि विभिन्न दातृ निकाय, संघसंस्था तथा उदारमना सहयोगी मनहरुबाट ८ करोड ५० लाख ७३ हजार ५ सय ५७ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।भरतपुर आँखा अस्पताले प्रदान गर्दै आएको आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार तथा सीटीईभीटीसँगको सहकार्यमा आँखासम्बन्धी प्रविणता तहको अप्थाल्मिक साइन्स विषयको पढाइ तथा नेत्र विशेषज्ञ चिकित्सकहरुको फेलोशिप कार्यक्रम, बि अप्टम बिषयका पढाईका लागि भवन अभाव भएको थियो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने अस्पतालले जनाएको छ । चार बिघा जग्गामा बैक अफ कमर्श एण्ड क्रेडिट ईन्टरनेशनल (बि.सि.सि.आई) पकिस्तानको आर्थिक सहयोगमा २०४४ सालमा भरतपुर आँखा अस्पताल स्थापना गरि सेवा प्रदान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group