ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभापतिले माइन्युट खोसेपछि कैलाली कांग्रेसमा विवाद


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   १२ : ४०   बजे

काठमाडौं १८ फागुन ।   नेपाली कांग्रेस कैलालीको बैठकमा विवाद भएको छ । बिहीबार मोहन्याल गाउँपालिका(१ चोसे काँडामा बोलाइएको जिल्ला कार्यसमितिको बैठकमा जिल्ला सभापति नारायणदत्त भट्ट र उप(सभापति भीम बडुवालबीच विवाद भएको हो ।

अनुशासनको कारबाहीका लागि सिफारिस गरिएका उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम किन नराखिएको भन्दै माइन्युट खोसे । सचिव नृप सुनारले बैठकमा उपस्थित भएका पदाधिकारी तथा कार्यसमिति सदस्यको हस्ताक्षर गराउने क्रममा बडुवालले माइन्युट खोसेका हुन् ।

विवादबारे सार्वजनिक भएको एउटा भिडियोमा उपसभापति बडुवालबाट सचिव सुनारले माइन्युट लिन खोजेका छन् ।

सचिव सुनारले ‘बैठक बसौं, कोरम पुग्छ कि पुग्दैन् रु’ भन्दै माइन्युट लिन खोजेका हुन् । तर उपसभापति बडुवालले ‘त्यो मलाई मतलब भएन पहिले मेरो बारेमा छिनोफानो गर्नुहोस् छोडिदिन्छु’ भनेका छन् ।

बैठक नबस्दै विवाद भएपछि जिल्ला कार्य समितिको बैठक स्थगित गरिएको छ ।

जिल्ला उपसभापति नारायणदत्त भट्टले उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेपछि अनुशासनको कारवाहीमा परेको बताए । सोही कारण अघिल्ला बैठकमा समेत माइन्युटमा उनको नाम नलेखिएको उनी बताउँछन् ।

‘उसले अनुशासनहिन काम गरेपछि अनुशासन समितिले कारवाही गरिसकेको थियो । प्रदेश समितिलाई सिफारिस पनि भएको छ । कारवाही गरेपछि मैले किन उपस्थित गराउने रु’ भट्टले भने, ‘त्यो स्क्यान्डल गर्न उ त्यहाँ गएको हो । अरु केही होइन ।’

सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएसम्म उपसभापति बडुवालको नाम माइन्युटमा उल्लेख नहुने उनको भनाइ छ ।

गत २२ साउनमा पार्टी सभापति नारायणदत्त भट्टले कैलाली क्षेत्र नम्बर ४ का नेता लोकराज पाण्डे ९आगो० र सुरत बहादुर कार्कीलाई अनुशासनको कारबाही गरेका थिए ।

उपसभापति बडुवालले उक्त कारबाही विधिसम्मत नभएको भन्दै लेटर प्याड प्रयोग गर्दै अर्को सूचना जारी गरेका थिए । त्यो बेलादेखि सभापति र उपसभापतिकाबीचमा मतभेद बढेको थियो ।

सोही विषयलाई लिएर सभापति भट्टले बडुवाललाई स्पष्टीकरण सोधेका थिए । नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको थियो ।

जिल्लाले कारबाहीका लागि प्रदेश समितिलाई सिफारिस गरेपनि प्रदेशले कुनै प्रतिक्रिया जनाएको छैन ।

विवाद भएको बिहीबारको बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत बोलाइएको थियो । मुख्यमन्त्रीकै अगाडि उनीहरुबीच विवाद भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

सम्बन्धित

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu